| मङ्लबार, कार्तिक २४, २०८३

दरौदी एकता सेवा समाज गठन

गोरखा नगरपालिका १३ स्थित दरौदी एकता सेवा समाजको अध्यक्षमा बद्री गर्तौला चयन भएका छन् । समाजको शनिबार सम्पन्न भएको भेलाले गर्तौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजेन्द्र पाण्डे, सचिवमा सुजन गर्तौला, महिला कोषाध्यक्षमा सबिता कैनी चयन भएका छन् । समितिको सदस्यहरुमा दीपक पन्थ, भगबती शाह(महिला ), सुजन लामिछाने, मनोज अधिकारी, दिपक प्रसाद खनाल र दीपेन्द्र उप्रेती चयन भएका छन् ।

बाँकी सदस्य अर्को वैठकले चयन गर्ने सचिव सुजन गर्तौलाले जानकारी दिए । समाजमा आइपर्ने विभिन्न प्राकृतिक विपति, सामाजिक जनचेतनामुलक कार्यक्रम लगायतका सामाजिक अभियान संचालन गर्नका लागि समाज गठन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्