
योजनाका काम अस्तब्यस्त विकासको बाधक
पैसा नभएर मात्र देश विकास हुन नसक्ने हो ? यो भ्रम यदि कसैमा छ भने त्यो त्यो सफेद भ्रम मात्र हुनेछ ।
बिगत केही बर्षदेखिको विकास निर्माणको प्रक्रियाको अध्ययन गर्दा काम गर्ने क्षमताको अभावले पनि देश विकास प्रभावित भएको देखिएको छ । बजेट तथा कार्यक्रम बनाउन र उच्च तहमा त्यसका लागि लबिङ गर्न नसक्नु, कार्यक्रम तथा बजेट स्वीकृत भए पनि त्यसलाई कार्यान्वयन गर्न नसक्ने समस्या धेरै छ ।
कार्यान्वयन गर्ने क्रममा समयमै ठेक्का खुलाउन नसक्नु, खुलेको ठेक्का पनि नपर्नु, ठेक्का स्वीकृत भएपछि पनि ठेकेदारले काम अलपत्र पार्नु, काम गरे पनि कमशल काम गर्नु इत्यादि समस्या छन् । यस्ता कैयौँ समस्या क्रोनिक अबस्थामा छन् ।
हालै ‘मेगा प्रोजेक्ट’ को रुपमा गोरखामा पहिलो पटक सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाकको ढल ब्यवस्थापन आयोजनाको ठेक्का लागेन । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले आह्वान गरेको टेण्डरको निर्धारित अवधीमा कुनै कम्पनीले पनि टेण्डर फाराम दर्ता नगरेका हुन् ।
गोरखा बजारमा ढल ब्यवस्थापनका लागि ५७ करोड रुपैयाँको ठेक्का आव्हान गरिएको थियो भने बारपाकको ढल ब्यबस्थापन गर्नका लागि ३७ करोड रुपैयाँको ठेक्का आव्हान गरिएको थियो । दुबै टेण्डरमा कसैले पनि बोलपत्र फाराम पेश नगरेका हुन् ।
पहिलो चरणको प्रक्रिया नै अघि नबढ्दा गोरखा र बारपाकको ढल ब्यवस्थापनको प्रोजेक्ट अघि बढ्न सकेको छैन । निर्माण ब्यवशायीले
ढलको ठेक्का दाखिला गराउन चासो दिएका छैनन् । गोरखामा ढलको काम गर्दा सडक साँघुरो भएकाले सडक अवरुद्ध हुन्छ । यहाँका गाडीहरु पार्किङ गर्ने, गुड्ने बैकल्पिक मार्ग छैन, डाईभर्सन गर्न सहज छैन ।
गुणस्तरीय ढल नहुँदा बजारको सरसफाइ स्तरीय छैन ।




