| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाबाट हज गर्न २ जना जाँदै, आवेदन दिएका पाँच जना जान पाएनन्

साउदी अरबको मक्कामदिनामा हज गर्न गोरखाबाट दुई जना जाने भएका छन् । कोभिड १९ को कारणले दुई वर्ष रोकिएको उक्त यात्रा यस वर्ष साउदी सरकारले खुल्ला गरेपछि गोरखा लगायत नेपालबाट हाजीहरु हजयात्रामा जान लागेका हुन् ।


गोरखाबाट यो पटक गोनपा २ का नुरबकस मियाँ र सबिरा मियाँ जान लागेका हुन् । हाजिहरु असार ७ गतेबाट नेपालबाट साउदी तर्फ जानेछन् । सोही अवसरमा जिल्ला प्रशासन कार्यालय गोरखामा बुधवार एक कार्यक्रमका बिच हजयात्रीको बिदाई कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुभाकामना सहित हजयात्रीहरुलाई सरकारी स्तरबाट आवस्यक कामकारवाहीमा मद्धत गर्ने बताए ।


साथै गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले यात्राको सफलताको सुभकामना दिँदै मस्जिद, मद्रसा, कब्रस्थान लगायत धार्मीक स्थलहरुलाई सहयोग गर्ने आस्वासन दिए । नेपाल मुस्लिम संघ गोरखाका अध्यक्ष जमिल मियाँले नेपाल सरकारले हजयात्राको लागि सुलभ र सजिलो गरिदिएको बताए । साथै उनले सरकारको नीति नियम अनुसार मुस्लिमहरुलाई तिर्थयात्राका लागि अहिले धेरै सहज गरिदिएकाले मुस्लिम समुदाय खुसी भएको बताए ।


साथै गोरखामा भएका मुस्लिम समुदायको गतिविधीका बारेमा पनि उनले जानकारी दिए । गोरखाबाट सात जनाले हजयात्राका लागि आवेदन दिएपनि साउदी सरकारको नियम अनुसार ६५ वर्ष उमेर समुह भन्दा माथि र कोभिड १९ भ्याक्सिन नलगाएका यात्रीलाई अनुमती नदिएकाले पाँच जना हजयात्राबाट बञ्चित भएका छन् । यस पटक हजयात्राका लागि प्रतिब्यक्तिले चार लाख ६३ हजार तीन सय ९३ रुपैयाँ जम्मा गर्नुपर्ने हज समितिले नियम लगाएको छ । कोभिड भन्दाअघि १० भन्दाबढि यात्री सहभागी हुने गर्थे ।


हजयात्रा गरेको खण्डमा इस्लाम धर्मको पाँचवटा मुल आधार माध्ये हजयात्रा अनिवार्य भएकाले वर्षभरी खाएर त्यहाँ जान खर्च पुग्ने ब्यक्ति यात्रामा सहभागी हुने गर्छन् । बिदाई कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु सहित धर्मगुरु साथै मुस्लिम समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्