| सोमवार, कार्तिक २३, २०८३

बाढी पीडित सोध्छन्, ‘सरकार खोई ?’

गतबर्ष असार १ गते रातभरको मुसलधारे बर्षापछिको झरीले जिल्लाका विभिन्न ठाउँ तहसनहस पा¥यो । विशेषगरी चुमनुब्री गाउँपालिकाको सल्लेरी, जगतबगर, यारु र चुमभ्याली तथा नुब्री भ्याली जाने बाटो क्षतिग्रस्त बन्यो ।

त्यस्तै पालुङटार नगरपालिका वडा नं. ९ को चुक्तीखोला र खारखोलाले आसपासका सबै फाँट तहसनहर पा¥यो । सयौँ किसानका हजारौँ रोपनी खेत बगायो । भित्र्याउने बेला भएको जुडीधान र मकैका साथै रोप्ने बेला भएको खेत नष्ट पा¥यो । वडा नं. २ र ३ का विभिन्न बस्तीमा उठिबास लगायो ।

त्यतिबेलाका जिल्ला विपत व्यवस्थापन समितिका अधिकारीहरु झरी, बादल र पहिरोको पर्वाह नगरी बढि प्रभावित भएका ठाउँहरु पुगे । पिडितहरुलाई सरकारले व्यवस्था गरे बमोजिमको राहत रकम, सामग्री तथा मौखिक सान्त्वनाले मात्र भने पनि पीडामा मल्हम लगाउने काम गरे । प्रकोपग्रस्त ठाउँका बासिन्दाहरुसित निरन्तर संचार, संपर्क गरिरहे । माथिल्लो निकायमा निरन्तर क्षतिपूर्ति राहत तथा बैकल्पिक ब्यबस्थाका लागि लागि परिरहे । त्यसैले ती अधिकारीहरु सरुवा भएर जाँदा प्रकोपग्रस्त क्षेत्रका बासिन्दाले लामो लामो लेख नै प्रकाशित गरेका थिए ।

यसपटक पनि गत बिहिबार रातभरको झरीपछिको बाढीले जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरो गयो । यसपटकको बर्षा र बाढी, पहिरोको इपिसेण्टर पालुङ्टार नगरपालिकाको वडा नं. ९ का विभिन्न ठाउँ बन्यो । हजारौँ रोपनी खेत बगे । भित्रिने तयारीका धान, मकै बगे । केही घर पनि बगे । दर्जन बढीका घरहरु उच्च जोखिममा रहे । तर ती क्षेत्रमा तत्काल राहत तथा मौखिक सान्त्वना मात्र बोकेर पनि न जनप्रतिनिधि पुगे, न विपत व्यवस्थापन समितिका अधिकारी ।

यस बिषयमा पीडित क्षेत्रका बासिन्दाले आवाज उठाइरहेका छन्, प्रश्न गरिरहेका छन्, ‘सरकार खोइ ?’

प्रतिक्रिया दिनुहोस्