
आरुघाटबाट उद्धार गरेर मानव सेवा आश्रम हेम्जामा राखिएका युवक सम्पर्कबिहिन
गोरखाको आरुघाटबाट उद्धार गरेर मानव सेवा आश्रम पोरखा हेम्जामा राखिएका एक युवक सम्पर्क बिहिन भएका छन् । धादीङ बुडाथुम घर भएका, मानसिक सन्तुलन गुमाएका २३ वर्षिय युवक आश्रमबाट भागेका हुन् ।
उनलाई कहिँकतै देखे भेटेमा मानव सेवा आश्रम वा प्रहरीलाई खबर गरिदिन आश्रमले पनि अनुरोध गरेको छ । उनलाई दुई महिना अघि उद्धार गरिएको थियो ।




