| मङ्लबार, कार्तिक २४, २०८३

सिर्दिबासमा नेपाल टेलिकमको टावर नचल्दा फोन अवरुद्ध

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा नेपाल टेलिकमको टावर शुक्रवारदेखि अवरुद्ध भएको स्थानीयले गुनासो गरेका छन् ।

टावर नदेखाएपछि मोवाईल फोन अवरुद्ध भएको स्थानीय समिर गुरुङले बताए ।

नेपाल टेलिकम गोरखा शाखाले विद्युत अवरुद्ध हुँदा टावरको ब्याकपमा समस्या भएको जनाएको छ ।

केरौँजाबाट सिर्दिबासकालागि सेवा दिने गरी टावर राखिएको छ । केरौँजाको टावरमा बत्ती नहुँदा समस्या भएको र आईतवार सम्म सुचारु हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्