
सिर्दिबासमा नेपाल टेलिकमको टावर नचल्दा फोन अवरुद्ध
गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा नेपाल टेलिकमको टावर शुक्रवारदेखि अवरुद्ध भएको स्थानीयले गुनासो गरेका छन् । टावर नदेखाएपछि मोवाईल फोन अवरुद्ध भएको स्थानीय समिर गुरुङले बताए ।
नेपाल टेलिकम गोरखा शाखाले विद्युत अवरुद्ध हुँदा टावरको ब्याकपमा समस्या भएको जनाएको छ । केरौँजाबाट सिर्दिबासकालागि सेवा दिने गरी टावर राखिएको छ । केरौँजाको टावरमा बत्ती नहुँदा समस्या भएको र आईतवार सम्म सुचारु हुने टेलिकमले जनाएको छ ।




