
जेष्ठ नागरिक जिल्ला संघमा समाजसेवी नेपालीद्वरा एकलाख १५ हजारको अक्षयकोष स्थापना
जेष्ठ नागरिक जिल्ला संघ गोरखा शाखाका लागि एक लाख १५ हजारको अक्षयकोष स्थापना भएको छ । समाजसेवी स्थानीय लक्ष्मण नेपालीले जेष्ठ नागरिकहरुको हकहितका लागि भन्दै संघको खातामा रहने गरी एक लाख १५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।
गोरखा सदरमुकामका रानीपोखरीमा आइतबार आयोजित जेष्ठ नागरिक दिवा सेवाकेन्द्र उद्घाटनको क्रममा नेपालीले अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषमा जम्मा गरिएको रकमबाट आउने ब्याजले जेष्ठ नागरिकहरुलको भलाई र हकहितको निम्ति खर्च गरिने नेपालीले जानकारी दिए ।




