| मङ्लबार, कार्तिक २४, २०८३

ब्यवशायीसँग सहकार्य गर्न उद्योग बाणिज्य संघको आग्रह

गोरखा उद्योग बाणिज्यसँग गोरखाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ब्यापारी ब्यवशायी सँगको सहकार्यमा अघि बढ्न आग्रह गरेको छ । गोरखा नगरपालिकाबाट निर्वाचित मेयर, उपमेयर वडा अध्यक्षहरुलाई सोमवार बधाई ज्ञापन गर्दै संघले सहकार्यमा अघि बढ्न सकिने र ब्यवशायीको हित हुने गरी योजना बनाउन अनुरोध गरे ।

संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले गोरखामा पर्यटन, उद्योग, ब्यापार ब्यवशायका लागि सहकार्य गरेर जान अनुरोध गरे । साथै उनले बिगतमा जस्तै बिभिन्न सिपमुलक तालिम, उद्योगी ब्यवशायीको हक हितका पक्षमा सहकार्यको बतावरण निरन्तर जिल्लाभर कायम राख्न संघ तयार रहेको बताए ।

कार्यक्रममा प्रमुख अथिति मेयर कृष्ण राना, पालुङटार नगरपालिकाका मेयर गुणराज देवकोटा, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर, पालुङटार नगरपालिका उपमेयर बन्दना पाण्डे लगायतको उपस्थित थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, जनप्रतिनिधि लगायतले मन्तब्य राखेका थिए । ब्यापारी ब्यवशायीको सल्लाह सुझाब अनुसार नै योजना बनाउने आश्वासन जनप्रतिनिधिले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्