| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

गोरखाको गण्डकी गाउँपालिकाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आइतबारदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

वैशाख २५ गते देखि जेठ २ गते सम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिकाले शनिबार जारी गरेको सूचनामा भनिएको छ ।

पालिकाभित्रका गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाका कर्मचारीहरु निर्वाचन अधिकृतको कार्यालय लगायत तोकिएको मतदान स्थलमा खटिनुपर्ने भएकाले अत्यावश्यक सेवा र निर्वाचन सम्बन्धी कार्यहरु बाहेक यस कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने अन्य सेवाहरु तोकिएको मिति सम्मका लागि बन्द गर्नुपरेको प्रमुख प्रशाशकीय अधिकृत बेदहरि अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्