
पिडित नेपालीलाई खाद्यान्न सामाग्री सहयोग
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ३ स्थित तान्द्राङका सिर्जना नेपालीलाई खाद्यन्न र गैरखाद्यान्न राहत सामाग्री सहयोग गरिएको छ ।
एक साताअघिको हावाहुरीले उनको घरको छाना उँडाएको र खाद्यान्न पनि सबै खान नमिल्ने गरी नष्ट भएको थियो ।
उनलाई साहारा नेपाल गोरखा र नेपाल रेडक्रस सोसाइटी गोरखाले त्रिपाल र खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
गत विहिबार एक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गरिएको साहारा नेपालका कार्यक्रम व्यवस्थापन हेमराज ढकालले बताए ।
रेडक्रसले त्रिपाल, भाडाकुँडा र साहारा नेपालले खाद्यान्न सामाग्री सहयोग गरेको हो । रेडक्रस सोसाइटी गोरखाका महामन्त्री भीमसेनकाजी बानियाँ र साहारा नेपाल संस्थाका अध्यक्ष अशोकबाबु रानाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।




