
गोरखाका पत्रकार ढकाललाई गोरखापत्रको गण्डकी प्रदेश उत्कृष्ट पुरस्कार
गोरखाका पत्रकार नरेन्द्र ढकाललाई गोरखापत्र संस्थाले गण्डकी प्रदेशको उ्रत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत गरेको छ ।
पत्रकार महासंघ गोरखाका उपाध्यक्ष एवं प्रेस युनियन गोरखाका अध्यक्ष समेत रहेका ढकाललाई १२२ औँ वार्षिकोत्सव एवं गोरखापत्र संस्थानको ६० औँ वार्षिकोत्सवका अवसरमा पुरस्कृत गरेको हो ।
ढकाल ६ वर्ष देखि गोरखा पत्र दैनिकका गोरखा संवाददाताका रुपमा कार्यरत छन् ।
विभिन्न प्रदेशअन्तर्गत रहेर उत्कृष्ट काम गर्दै आएका समाचारदाताहरूलाई पनि पुरस्कार प्रदान गर्ने निर्णय संस्थानले गरेको हो ।




