| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा सदरमुकामका पसलमा म्याद नाघेका खाद्यान्न बिक्री गरेको भेटियो

गोरखा सदरमकामका किराना पसलहरुमा म्याद नाघेका (अखाद्य) बस्तु भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले विहिबार सदरमुकामका केही किराना पसल अनुगमनको क्रममा अखाद्य बस्तुहरु भेटिएको हो ।

जिल्ल बजार अनुगमन टोलीले बजार क्षेत्रमा रहेका किराना पसल, मासु पसल, तरकारी, एग्रोभेट पसलहरुको अनुमगन गरेको थियो । पाँच वटा मासु पसल, दश वटा मसला पसल, ६ वटा एग्रोभेट लगायत तरकारी, किराना, फेन्सी र कमस्मेटीक पसलहरुको अनुमगन गरेको थियो । सो क्रममा अधिकांश किराना तथा मसला पसलहरुमा म्याद नाघेको अखाद्य बस्तु भेटिएको र अखाद्य वस्तुहरुको जफत गरिएको घरेल साना तथा उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेलले बताए ।

No description available.

मासु पसलमा सरसफाइको कमी देखिएको बताउँदै उनले सुधार गर्न र मूल्य सूचि सबैले देख्न स्थानमा राख्न निर्देशन दिएको बताए । एग्रोभेट पसलहरुबाट म्याद नाघेको औषधीजन्य पदार्थहरु पनि जफत गरी नष्ट गरिएको उनले बताए । बजार अनुगमनको क्रममा अधिकाश पसलहरुमा होडिङ बोर्ड मूल्यसूची र दर्ता प्रमाण पत्र नराखिएको उनले बताए ।

No description available.

मूल्यसुची र बोर्ड नराखेकाहरुरुलाई छिटै आवश्यक कागजात सहित होडिङ बोर्ड राख्न निर्देशन दिइएको छ । एक पटक सचेत गराइएका ठाउँमा पुन अनुगमनको गर्दा सुधार नभएको पाइएमा कारवाहीका लागि सिफारिस गरिने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

No description available.

घरेलु कार्यालय गोरखाका प्रमुख सुर्य भुजेलको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी तथा पशु विज्ञ केन्द्र गोरखा, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, सुरक्षा निकाय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

No description available.
प्रतिक्रिया दिनुहोस्