
मूल्यवृद्धि विरुद्ध प्रशासनमा निर्माण व्यवसायीको धर्ना
निर्माण व्यवसायी संघ गोरखाद्वारा सरकारलेनिर्माण सामाग्रीमा अध्याधिक मूल्यवृद्धि गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएको छ ।
मूल्यवृद्धिको फिर्ता लिन माग गर्दै संघले विरुद्ध बुधबार र विहिबार विहान धर्ना दिएका हुन् ।
निर्माण सामाग्रीमा भएको अप्रत्याशित र अत्याधिक मूल्यवृद्धि म्याद थप, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनका केही प्रावधानमा रहेका त्रुटि, विमा निर्देशिका लगायतको विरोधमा धर्ना कार्यक्रम आयोजना गरिएको संघका जिल्ला सदस्य उमेश अर्यालले बताए ।
निर्माण सामग्री भएको मूल्यवृद्धि फिर्ता नलिएमा निरन्तर शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।




