
जलवायु परिर्वतन र नसर्ने रोगका बारेमा अभिमुखिकरण
गोरखामा जलवायु परिवर्तनका बारेमा छलफल भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा शनिबार गोरखा सदरमुकाममा जलवायु परिवर्तन र यसका असरहरुका बारेमा छलफल भएको हो ।
जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी नवराज खड्काले विश्व र नेपालमा जलवायु परिवर्तनका बारेमा कार्यक्रममा सहभागिहरुलाई जानकारी गरएका थिए ।
त्यस्तै हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा पानी कम पर्न थालेको र विभिन्न रोगहरु देखा परेको समेत उनले बताए । जलवायु परिवर्तनबाट भविष्यमा आइपर्ने असरहरु, यसका न्यूनीकरणका बारेमा समेत उनले सहभागीहरुलाई जानकारी दिए । त्यस्तै यसको न्यूनीकरणका लागि धुवाँ आउने साधनहरुको प्रयोग घटाउदै जानुपर्ने, हरियाली वातावरण संरक्षणमा ध्यान दिनुपर्ने र विद्युती सवारी साधनमा जोड दिनुपर्ने उनले बताए ।
यसका साथै उनले अहिलेका मानिसहरु व्यायाम गर्ने बानी हराउँदै गएकाले विभिन्न स्वास्थ्य समस्याहरु देखा परेको बताउदै खानपानमा ध्यान दिनुका साथै सबैलाई नियमित व्यायापम गर्न अनुरोध गरेका थिए । अहिले मानिसको बानी ब्यवाहार र खानपान राम्रो नहुँदा नसर्ने रोगले ज्यान जाने क्रम बढेको बताउँदै उनले स्वस्थ बानि ब्यवाहार अपनाउनु पर्नेमा जोड दिए ।




