
गोरखामा ऐतिहासिक पुनरुत्थान दिवस सम्पन्न
गोरखामा ऐतिहासिक पुनरुत्थान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
पुनरुत्थान दिवस मूल आयोजक समितिको आयोजना र गोरखा नगर ईसाई समाज, पालुङटार ईसाई समाज र सिरानचोक नगर ईसाई समाजको संयुक्त सहआयोजनामा आइतबार गोरखा सदरमुकामको खेलकुद मैदानमा विभिन्न कार्यक्रम गरी पुनरुत्थान दिवस मनाइएको हो ।
कार्यक्रममा सदरमुकामको खेलकुद मैदानबाट हरमटारी, बसपार्क, ठुलोआँगनबाट अस्पतालमार्ग हुदै रंगशालासम्म ¥याली आयोजना गरिएको थियो ।
येशु मृत्युलाई जितेर जीवित भएको घोषणा गर्दै गीत तथा नारा लगाउदै ¥याली आयोजना गरिएको मेघा चर्चका पास्टर जेम्स तामाङले बताए । कार्यक्रमलाई गोरखा नगर ईसाई समाजका अध्यक्ष जिरसिङ तामाङले सहजीकरण गरेका थिए ।
पालुङटार ईसाई समाजका अध्यक्ष पास्टर सोलफिस लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, विशेष अतिथिमा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, मुख्यबक्ता पास्टर चेतबहादुर खरेल लगायत व्यक्तिहरुले मन्तव्य राखेका थिए ।




