
संगम मेडिहेल्थ क्लिनिक गोरखाद्धारा मान्बुमा निशुल्क दन्त शिविर सम्पन्न
आरुघाट गाउँपालिका वडा नं २ मान्बु स्थित भगवानी माविमा निशुल्क दन्त शिविरमा ६९ जना सोव लिएका छन् । संगम मेडिहेल्थ क्लिनिक गोरखाको आयोजनामा शनिबार सम्पन्न निशुल्क दन्त शिविरमा स्थानीय दाँतका बिरामीहरु लाभान्वित भएका हुन् ।
शिविरमा आउने अधिकांशमा दाँत दुख्ने, दाँत किराले खाएको, दाँतका जराहरु हल्लिएका, गिजा दुख्ने लगायतका समस्या रहेको क्लिनिकका सन्चालक एवं स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठले जानकारी दिए । शिविरमा डाक्टर अंकित जैसवाल, कम्युनिटी मेडिकल एसिष्टेन्ट जोनी घलेले विरामीको चेकजाँच गरेका थिए ।
समस्याग्रस्त दाँतको समयमै चेकजाँच गरी कम खर्चमा समाधान गर्न गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको श्रेष्ठले जानकारी दिए ।




