
भच्चेकको निशुल्क दन्त शिविरमा १११ जना लाभान्वित
अजिरकोट गाउँपालिका स्थित भच्चेकमा भएको निशुल्क दन्त शिविरमा एकसयभन्दा धेरै दाँत रोगका बिरामीले लाभ लिएका छन् ।
संगम मेडिहेल्थ क्लिनिक गोरखाको आयोजनामा विहिबार सम्पन्न निशुल्क दन्त शिविरमा स्थानीय दाँतका बिरामीहरु लाभान्वित भएका हुन् ।
भच्चेकमा सम्पन्न निशुल्क शिविरबाट एक सय ११ जनाले सेवा लिएको क्लिनिकका सन्चालक एवं स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठले जानकारी दिए ।
शिविरमा आउने अधिकांशमा दाँत दुख्ने, दाँत किराले खाएको, दाँतका जराहरु हल्लिएका, गिजा दुख्ने लगायतका समस्या रहेको उनले बताए ।
शिविरमा डाक्टर सन्दिप मगर, डाक्टर अंकित जैसवाल, एसिष्टेन्ट जोनी घलेले विरामीको चेकजाँच गरेका थिए ।
समस्याग्रस्त दाँतको समयमै चेकजाँच गरी कम खर्चमा समाधान गर्न गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको श्रेष्ठले जानकारी दिए । योसँगै निशुल्क दन्त शिविर अभियान पनि सुरुवात गरिएको उनले बताए । केहीदिनपछि आरुघाट गाउँपालिका स्थित मान्वुमा गर्ने तयारी भईरहेको समेत उनले जानकारी दिए ।




