
कोभिड व्यवस्थापन तथा पूर्ण खोप अभियानमा उत्कृष्टता प्रदर्शन
कोभिड व्यवस्थापनमा गोरखा नगरपालिकाले गण्डकी प्रदेशमै उत्कृष्ट प्रस्तुतीकरण गरेको छ । परिणमस्वरुप गोरखा नगरपालिकालाई गण्डकी प्रदेश सरकारले कोभिड व्यवस्थापनमा सर्वोत्कृष्ठ जिल्लाको रुपमा पुरस्कृत गरेको छ ।
अहिले गोरखा नगरपालिकाले स्वयंलाई कोरोना खोप सुनिश्चितता पालिका घोषणा गरेको छ । शनिवार एक औपचारिक समारोह आयोजना गरी जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले गोरखा नगरपालिकालाई कोभिड(१९ को पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेका हुन् ।
नगरपालिकाभित्र १२ वर्षभन्दा माथिका सबै जनाले कोरोनाको खोप लगाएका छन्, त्यसैले कोभिड(१९ कोरोना भाइरसविरुद्धको पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । १२ देखि १७ वर्ष उमेरका पाँचहजार चारसय ९९ जनाले र १८ वर्ष उमेर माथिका ३६ हजार ६ सय ५४ जनालाई खोपको पूर्ण मात्रा लगाइएको छ । नगरबासीले कोभिशील्ड तथा अष्टूाजेनिका पहिलो र दोस्रो, जन्सन एण्ड जन्सन एक मात्रा, भेरोसिल पहिलो र दोस्रो र मोर्डना पहिलो र दोस्रो मात्रा खोप सबैले लगाएका छन् ।
कोभिडको समयमा पनि स्वास्थ्यकर्मीहरु घरघरमा पुगेर खोप लगाएका थिए । सीमित स्रोत साधनका बाबजुद पनि नगरपालिका तथा यहाँका स्वास्थ्यकर्मीको टिमले उच्च क्षमता प्रदर्शन गरेको हो ।
गोरखा नगरपालिकाभित्र गोरखा नगरपालिकाभित्रका स्थायी बासिन्दा मात्र बस्दैनन् । जिल्लाका विभिन्न पालिकाबाट पढ्न, पढाउन, रोजगारका क्रममा वा व्यापार, व्यवसायका क्रममा गोरखा नगरपालिकामा बसोबास गर्न आउँछन् । यति धेरै बासिन्दा यहाँ रहे पनि नगरपालिकाले सुक्ष्म तहबाट कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाउने काम तमाम गरेको छ ।
कोभिडविरुद्धको पूर्ण मात्रा खोपकै कारण अहिले कोभिड करिब समाप्त भएको अबस्थामा छ । त्यसैले गोरखा नगरपालिका र यहाँका स्वास्थ्यकर्मी प्रसंसाका पात्र हुन् ।




