| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकीको करार कर्मचारी मञ्चको अध्यक्षमा रिम्क गुरुङ

गोरखाको गण्डकी गाउँपालिकाका करार कर्मचारीहरु संगठित भएका छन् । शनिबार भएको करार कर्मचारीहरुको प्रथम भेलाले रिम्क गुरुङको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।

भेलाले उपाध्यक्षमा रुपा श्रेष्ठ, सचिवमा डा. हरि पन्त, सह–सचिवमा अनिल थापामागर, डिल बहादुर थापा मगर र कोषाध्यक्षमा सरिता श्रेष्ठलाई चयन गरिएको छ ।

भेलाले चार सदस्यीय सल्लाहकार समति पनि गठन गरिएको छ । तूलसी घिमिरे,मनिषा गुरुङ,कृष्णप्रसाद भट्टराई र प्रकाश श्रेष्ठ चयन गरेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्