| सोमवार, कार्तिक २३, २०८३

सुनाखरी, नचिन्नेलाई खुर्पाको बिँड

गोरखाको जंगलमा प्रसस्त सुनाखरी रहेको एक अध्ययनले देखाएको छ । पाँचऔँले, पानीअमला जस्ता नामले चिनिने सुनाखरीका प्रजाति केही संकलन गर्ने गरिएपनि बहुमूल्य सुनाखरी जंगलमा यसै कुहिएर गएको छ । स्थानीयले महत्व नजान्दा र संकलन गर्ने विधी थाहा नहुँदा जंगलमा सडेर गएको हो ।

ब्यवस्थित रुपमा संकलन गर्ने र स्थानीयलाई संरक्षणको तरिका सिकाउने हो भने उत्तरी गोरखाबासीले सुनाखरीबाट धेरै आम्दानी लिन सक्छन् । यसले स्थानीयबासीलाई आत्मनिर्भर वनाउन पनि मद्दत पुग्ने देखिन्छ ।

सुनाखरीको संकलन र बिक्रीका लागि पनि कानुनी अड्चन छ । कुन प्रजातिको सुनाखरीको मूल्य कति ? कुनकुन औषधीको लागि प्रयोग हुन्छ भन्ने ज्ञान स्थानीयलाई छैन । नेपालमा पाईने करिब पाँचसय ५० प्रजातिमध्ये एकसय १० प्रजाति औषधीका लागि प्रयोग हुन्छ । परापूर्वक कालदेखि गाउँघरमा प्रयोग हुँदै आएका सुनाखरी स्थानीयले संकलन गर्छन भने अन्य यसै मिल्किएको छ, कुहिएको छ । स्थानीयलाई जानकारी मात्रै दिएर भएन राज्यले नितीगत तहमापनि यसलाई सहज वनाउनुपर्छ ।

सुनाखरी प्रजाति दिगो संकलन गरी राजस्व संकलनको दायरा बढाउनुपर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत महेश पौडेल बताउँछन् । केहि नीतिगत समस्याका कारण धेरै समस्या सिर्जना भएको बताउँदै उनले भने ‘संरक्षण सँगै सुनाखरीलाई उपयोग गर्ने नीति लिनुपर्छ ।

जिल्लामा भएका सुनाखरी प्रजातिहरुको पहिचान तथा अभिलेखिकरण गरी दिगो रुपमा संकलन गर्न सकिने परिमाण एकिन गर्नुका साथै कार्ययोजनामा समेट्नुपर्छ । सुनाखरीको दिगो उपयोगको लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ । यसको महत्व बुझेर अन्तर्राष्टिूय स्तरमा टूेड वनाउनुपर्छ । यसलाई संरक्षणसँगै उपभोग गर्ने विधि जान्ने हो भने जीविकोपार्जनमा पनि मद्दत पुग्छ । राज्यको आम्दानी बढ्ने, ब्यापार घाटा कम हुने हुँदा प्रचार प्रसारसँगै स्थानीय पाठ्यक्रममा पनि यसलाई समेट्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्