
पुस्ता हस्तान्तरणको महत्व
बाबु, बाजे, बराजु, आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम, वंश परम्परा, पिँढीलाई पुस्ता भनिन्छ ।
शव्दकोशले पुस्तालाई नाम भनेर परिभाषित गरेको छ । नाम भएपनि पुस्ता अब्जेक्टिभ होइन, सब्जेक्टिभ हो । बस्तु लेनदेन गरेजस्तो पुस्ता लेनदेन गर्न सकिँदैन तर पुस्तौँदेखि चलेको पूर्वापर क्रम नयाँ पुस्तालाई सिकाउनुलाई यहाँ हस्तान्तरण भनेर बुझिएको छ ।
ज्येष्ठ नागरिक जिल्ला संघले पुस्ता हस्तान्तरणको कार्यक्रम गर्ने गरेको छ । जसका लागि सरकारले पनि सहयोग गर्ने गर्छ । गोरखा नगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिक जिल्ला संघले हालै पुस्ता हस्तान्तरण कार्यक्रमको आयोजना ग¥यो ।
शिक्षा भनेको संस्कार सिकाउनु पनि हो । शिक्षा संस्कारसहितको हुनुपर्छ भन्ने मान्यता चलिआएको छ । बाउबाजेको पालादेखि चल्दै आएको असल संस्कार मेटाउनु हुँदैन । यसलाई नयाँ पुस्तामा सार्दै जानुपर्छ । नराम्रा संस्कार भने मेटाउँदै जानुपर्छ । यही संस्कार सिकाउनुलाई पुस्ता हस्तान्तरण भनेर व्याख्या गरिन्छ ।
बूढा मरे, भाखा सरे भनेझैँ जसै बूढाबूढी आत्मान्तर हुँदै जान्छन्, उसैगरी उनीहरुमा निहित असल संस्कार पनि मेटाउँदै जानुहुदैन, पुस्तान्तर हुँदै जानुपर्छ । त्यसका लागि समाजमा व्यक्तिगत, संस्थागत पहल चाहिन्छ ।
हामी नेपालीमा संस्कारयुक्त सभ्यता छ । सकारात्मक भए पनि कैयौँ संस्कार नामेट भइसके । यो चिन्ताको विषय हो । यसलाई जीवन्त बनाउनु नयाँ पुस्ताको हो । पुस्ता अर्थात संस्कार हस्तान्तर गर्न उनीहरुलाई झक्झक्याउने काम सबैले आ(आफ्नो ठाउँबाट गर्नुपर्छ ।
अहिले स्थानीय सरकारको सहयोगमा ज्येष्ठ नागरिक जिल्ला संघले गरेको कार्यक्रम महत्वपूर्ण छ । यसले निरन्तरता पाउँदै जाओस् । यस्ता कार्यक्रम अन्य पालिकाले पनि यसको देखासिकी गरिरहोस् ।




