निशुल्क पशुस्वास्थ्य शिविर सम्पन्न
गोरखा नगरपालिका वडा १४ स्थित याङ्कोटमा भएको पशुस्वास्थ्य शिविर डेढसयभन्दा बढीले सेवा लिएका छन् । गोरखा नगरपालिक कृषि तथा पशुपन्छी शाखाको आयोजना तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोगमा आइतबार निशुल्क पशुस्वास्थ्य स्वाथ्य शिविर भएको हो ।
उक्त शिविरमा एकसय ५३ जना कृषिले सेवा लिएको गोरखा नगरपालिका कृषि तथा पशुपन्छी विकास शाखा प्रमुख नवीन अधिकारीले बताए । १६ सय बाख्रा, चारसय गाई, डेढसय संख्यामा बंगुरको उपचार तथा प्राविधिक परामर्श सेवा लिएको उनले बताए । शिविरमा आउने अधिकांश पशुहरुमा जुका देखिएको उनीहरुलाई औषधी वितरण गरिएको छ ।
शिविरमा कृषकहरुलाई निशुल्क औषधी वितरण, प्राविधि तथा परामर्श सेवा, पशुको गर्भ परीक्षण, रेबिजको भ्याक्सिनका साथै बोका, सुँगुर, गोरुको बन्धाकरण सेवा उपलब्ध गराइएको उनले बताए । यसअघि वडा नं. १ मा भएको पशुस्वास्थ्य शिविरमा पनि एकसय पाँच जना किसानले सेवा लिएको समेत उनले बताए ।
वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता तथा गोरखा नगरपालिकाको प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




