| सोमवार, कार्तिक २३, २०८३

भाडा समायोजनको माग सम्बोधन गर

पेट्रोलियम पदार्थको भाउ हप्तैपिच्छे चुलिँदै गएको छ । अझै कहिलेसम्म यही गतिमा बढिरहनेछ अनिश्चित छ । यो तरल अबस्थामा आन्दोलन पेट्रोलियम पदार्थको अभावसमेत नहोला भन्न सकिन्न ।

यो बिषम अबस्थामा यातायातको भाडा घटाउने बारे बहश गर्नु सजिलो बिषय छैन । र पनि बहश उठेको छ । धरातलीय परिस्थिति हेर्दा भाडा घटनाउने प्रस्ताव पनि मजबुद छ ।

गोरखाका केही सडकहरु स्तरोन्नति भइसकेका छन् । अर्थात मुख्य सडक भनेर चिनिने गोरखा भच्चेक, गोरखा आरुघाट, गोरखा बारपाक, गोरखा पालुंटार सडक स्तरोन्नति भएका छन् ।

अलिअलि पानी पर्न सुरु गरेपछि बन्द रहने गोरखा भच्चेक सडक अहिले सबै कालोपत्रे भइसकेको छ । गोरखा बारपाक सडकको पनि धन्नै ५० प्रतिशत भन्दा धेरै कालोपत्रे भइसकेको छ । गोरखा आरुघाट सडकको पनि धन्नै ७५ प्रतिशत कालोपत्रे भइसकेको छ ।

यी सडकहरुमा कच्ची छँदाकै भाडादर कायम छ । यो पुनर्विचार गर्नुपर्ने बिषय पक्कै पनि हो । कच्ची सडकमा इन्धन धेरै खपत हुन्छ नै । तर भाडा दर इन्धनलाई मात्र मध्यनजर गरेर कायम गरिएको हुँदैन । पुरानो भाडा दर कायम गर्दाका आधारहरु जे जे थिए, सडक स्तरोन्नति भएपछि पक्कै पनि अन्य पक्षहरु सुधार भएको अबस्था छ । त्यसैले भाडादर घट्नुपर्छ भन्ने मान्यताको पल्लाभारी हुन्छ ।

यही मर्म र भावनाका साथ गोरखाका नागरिक समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । नागरिक साझा सवालको अगुवाईमा पत्रकार महासंघ गोरखा, गैरसरकारी संस्था महासंघ, मानव अधिकार तथा शान्ति समाज र सोच नेपालले भाडा समायोजन गर्ने बारे संयुक्त रुपमा प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

तसर्थ प्रशासन कार्यालयले यस बिषयलाई मनन गरी भाडा समायोजनको मागलाई यथोचित सम्बोधन गर्नु उचित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्