
नगरपालिकास्तरीय हस्तलेखन प्रतियोगितामा मोडर्न सेकेण्डरी पहिलो
गोरखा नगरपालिका स्तरीय हस्तलेखन प्रतियोगितामा मोडर्न सेकेण्डरी स्कुलकी श्रेया श्रेष्ठ प्रथम भएकी छिन् । अन्तर्राष्टिूय नारी दिवशका अवसरमा लियो क्लव अफ गोरखाको आयोजनामा मंगलबार भएको हस्तलेखन प्रतियोगितामा श्रेष्ठ प्रथम भएकी हुन् ।
उनलाई नगद पाँच हजारसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको क्लवका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । महालक्ष्मी मावि कक्षा नौ मा अध्ययनरत भूमिका राना द्वितीय र सरस्वती मावि आहालेमा कक्षा नौमा अध्ययनरत प्रतिज्ञा श्रेष्ठ तृतीय भएको अध्यक्ष श्रेष्ठले बताए ।
दोस्रो र तेस्रो भएका उनीहरुलाई क्रमश तीन हजार र दुई हजार सहित मेडल र प्रमाणले सम्मान गरिएको छ । त्यस्तै, रन्नराज्य माविको कक्षा नौ मा अध्ययनरत अर्चना रानाले सान्तवना स्थान हाँसिल गरिन । उनलाई रु एक हजारसहित मेडल प्रमाणपत्रले सम्मान गरिएको क्लवले जनाएको छ ।
नगरपालिकास्तरीय हस्तलेखन प्रतियोगितामा १५ विद्यालयका १५ जना विद्यार्थी सहभागी थिए । क्लवका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा लायन्स डिस्टिूक ३२५ वी १ नेपालको रिजन ३१ को रिजन चियरपर्सन अच्युतलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो पूर्व अध्यक्ष र लायन्सक्लव अफ तारानगरका प्रथम उपाध्यक्ष लायन्स यम बसेल, लियोका निवर्तमान अध्यक्ष गंगा श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक गोमा कोइरालाले जानकारी दिइन् ।




