
सिरानचोकको सन्नानी भञ्ज्याङमा सामुदायिक स्वास्थ्य सेवा सुरु
सिरानचोक गाउँपालिका ६ सन्नानी भञ्ज्याङमा सामुदायिक स्वास्थ्य सेवा सुरु भएको छ । विहिबार गाउँपालिका अध्यक्ष राजु गुरुङले सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरेका हुन् ।
यसअघि स्थानीयहरु सामुदायिक स्वास्थ्य सेवा लिन दुईघण्टा लगाएर नयाँ साघुको स्वास्थ्यचौकी जानुपर्ने बाध्यता थियो । सन्नानी भञ्ज्याङमा उक्त सेवा सुरु भएसँगै स्थानीयहरुलाई स्वास्थ्य सेवा लिन धेरै सहज हुने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
केयर नेपालले भूकम्पको समयमा निर्माण गरेको भवनमा गाउँघर क्लिनिक संचालन हुदै आएको थियो । सो भवन गाउँपालिकालाई हस्तान्तरण गरेपछि सामुदायिक स्वास्थ्य सेवा विस्तार गरिएको गुरुङले जानकारी दिए ।
उक्त सामुदायिक स्वास्थ्य ईकाइमा गाँखु, पातले, उदिङढुङ्गा, गैरीगाउँ, बाँसपुर, चिलाउने, घलेगाउँ लगायतका गाउँहरु सेवा लिन आउने बताइएको छ । सो इकाइबाट एक सय ७० भन्दा बढी घरधुरी लाभन्वित हुने गुरुङको भनाइ छ ।
कार्यक्रममा वडा अध्यक्ष वडा अध्यक्ष नारायणबाबु दानी, गाउँपालिका अध्यक्ष गुरुङ, स्वास्थ्य चौकी प्रमुख टुकमान श्रेष्ठ, ललिता गुरुङ लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।




