| सोमवार, कार्तिक २३, २०८३

गोनपाद्वारा १० जना महिलालाई ३ प्रतिशत ब्याजमा ऋण सहयोग

गोरखा नगरपालिकाले १० जनमा नगरभित्रका महिला उद्यमीलाई सहुलियत ऋण सहायता उपलब्ध गराएको छ । सोमवार नगरप्रमुख राजनराज पन्तले नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच छनौटमा परेका १० जना महिलालाई जनही एक÷एक लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।

महिलाहरुलाई ब्यवशाय गर्न प्रोत्साहन गर्ने र उद्यमी बनाउने योजना अनुसार तीन प्रतिशत ब्याजदरमा उक्त रकम उपलब्ध गराइएको उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन ।

केहि समयअघि सूचना प्रकाशित गरी ऋृण लिन चाहेकालाई नगरपालिकाले आवेदन पेश गर्न आह्वान गरेको थियो । सोही आवेदनको आधारमा ऋृण ब्यवस्थापन कार्यविधी अनुसार मापदण्ड भित्र परेका १० जनालाई ऋण उपलब्ध गराइएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए । उनिहरुले सो ऋृण चौमासिक रुपमा किस्ता भुक्तानी गर्दै एक बर्षभित्र सबै रकम चुक्ता गरिसक्नु पर्ने कार्यविधीमा उल्लेख छ । जसमा नगरक्षेत्रका बिभिन्न वडामा सिलाई कटाई, कृषि उद्यमशिलता, पशु पालन लगायतमा आवद्ध रहेका महिलाहरु छनोटमा परेको प्रशासकिय अधिकृत पन्तले बताए ।

ऋृण रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपमुख पन्तले सहुलियत पूर्ण ऋृणले महिलाको उधमशिलतालाई विस्तार गर्न र आत्मनिर्भरको बाटोमा लैजान सहयोग पुग्ने बताए । महिलाहरुलाई आर्थिक विकास र ब्यवसाय तर्फ आकर्षित गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको उनले बताए ।

उपप्रमुख श्रेष्ठले व्यवसायिक रुपमा अघि बढ्नेलाई नगरपालिकाले साथ दिएको र ब्यवशायीक रुपमा काम गर्ने अन्य महिलाहरुलाई पनि कुनै न कुनै रुपमा सहयोग गर्दै जाने बताईन । बैंकमा भन्दा सहज र सहुलियत रुपमा ऋण सहयोग मिलेपछि महिलाहरु पनि खुसी भएका छन् । ऋृण लिएकाहरुले हरेक चौमासिकमा किस्तासंगै नगरपालिकालाई प्रगती विवरण समेत बुझाउनुपर्नेसामाजिक विकास शाखाकी शोभा दवाडी प्रधानले बताइन् ।

प्रतिक्रिया दिनुहोस्