| मङ्लबार, कार्तिक २४, २०८३

श्रेष्ठको अध्यक्षतामा गोरखा अस्पताल विकास समिति पुनर्गठन

लालप्रसाद श्रेष्ठको अध्यक्षतामा गोरखा अस्पताल विकास समिति पुनर्गठन गरिएको छ । अस्पताल प्रशासनमा आइतबार प्राप्त पत्रअनुसार श्रेष्ठ नेतृत्वको समितिमा छ सदस्य मनोनित भएका छन् ।


माओवादीको सिफारिसमा अध्यक्षमा श्रेष्ठ र अर्का सदस्य शोभा थापा समितिमा रहेका छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका पुष्पा श्रेष्ठ र श्रवणकुमार जोशी र जनता समाजवादी पार्टीको सिफारिसमा पूर्णमाया वन्त र अमृत विक सो समितिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्