| सोमवार, कार्तिक २३, २०८३

कुक, हाउसकिपिङ तालिम सम्पन्न

गोरखा सदरमुकाम संचालित कुक, हाउस किपिङ तथा पर्यटनसँग सम्बन्धित तीनदिने तालिम सकिएको छ । धार्चे मनास्लु पर्यटन विकास समिति गोरखा र होटल एशोसियसन गोरखाको आयोजना तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा संचालन भएको तीन दिने कुक सम्बन्धी तालिम आइतबार सकिएको हो ।

पर्यटन क्षेत्रमा लागेको व्यवसायीहरुको आर्थिक आयआर्जनमा गर्न सहयोग पु¥याउन तालिम संचालन गरिएको धार्चे मनास्लु पर्यटन प्रवद्र्धन समिति गोरखाका अध्यक्ष साने गुरुङले बताए । तालिममा स्थानीय स्तरमा उत्पादन भएका विभिन्न प्रकारका खानाका आइटमहरु बनाउने तरिका, होटल व्यवसायमा लाग्नका लागि सिक्नुपर्ने ज्ञान, सरसफाईका कुराहरु र होमस्टे आउने पर्यटकहरुलाई खुवाइने विभिन्न प्रकारका खानेकुरा बनाउने तरिकाका बारेमा सिकाइएको गुरुङले जानकारी दिए ।

पर्यटकीय दृष्टिकोणले गोरखा अत्यन्तै सम्भावना बोकेको ठाउँ भएकाले यहाँका स्थानीयतहरुले त्यसको फाइदा लिन सक्नुपर्ने गुरुङले बताए । यस प्रकारका सीपमुलक तालिमहरु सिकेर व्यवहारमा लागु गर्न सके स्वदेशमै रोजगार सिर्जन गरी आयआर्जन गर्न सकिने उनले बताए ।

गोरखाको पर्यटन क्षेत्रमा सहयोग पु¥याउन विभिन्न क्षेत्रमा ट्रेकिङ रुट निर्माण गर्ने कार्य भइरहेको पनि उनले बताए । गोरखाको पर्यटन क्षेत्रमा थप सहयोग पुगोस भन्ने उद्देश्यले तीनदिने कुक, हाउसकिपिङ तालिम संचालन गरिएको समेत गुरुङले जानकारी दिए ।

तीनजना प्रशिक्षकले तालिम दिएको सो तालिममा विभिन्न पालिकाका २२ जना सहभागी रहेको थियो । सहभागिताहरुले तीनदिने तालिममा होटल संचालन गर्न र पर्यटकहरुका लागि विभिन्न प्रकार खानाका परिकार बनाउने तारिका सिकेको र तालिम फलदायी भएको बताएका थिए ।
धार्चे मनास्लु पर्यटन प्रवद्र्धन समिति गोरखाका अध्यक्ष साने गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेल, पत्रकार महासंघ गोरखाका सहसचिव केशव गुरुङ, लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्