| सोमवार, कार्तिक २३, २०८३

हिमचुली बचत तथा ऋण सहकारीको २९ औँ स्थापना दिवस सम्पन्न

गोरखा सदरमुकामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २९ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा ७ नयाँबजारमा आइतबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस समापन भएको हो ।

कार्यक्रममा जेष्ठ सदस्य ८४ वर्षका हुमादेवी मरहट्टा र शंखनारायण श्रेष्ठलाई जनही पाँचहजारसहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी जेष्ठ सदस्यहरु अशोककुमारी श्रेष्ठ र कृष्णबहादुर थापालाई सम्मानपत्रका साथ दोसल्ला ओडाएर सम्मान गरिएको संस्थाका ब्यवस्थापक प्रेम श्रेष्ठले बताए ।

असल ऋणीहरुमा कृषि ब्यवसायतर्पm डोरबहादुर बस्नेत, घर निर्माणतर्पm राधा गान्धारी र ब्यापार ब्यवसायतर्पm मोहम्मद युसुफ मियाँलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको उनले जानकारी दिए ।

त्यसैगरी शेयर सदस्यहरु थप गर्नमा विशेष भूमिका निर्वाह गरेका क्षेत्र नं. २, उपक्षेत्र नं. ५ का संयोजक सुदिप उपरकोटीलाई र सामुदायिक विद्यालय र नीजि विद्यालयवाट कक्षा १ देखि कक्षा १० सम्म २०७७ सालको वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको श्रेष्ठले बताए ।
संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा तथा वडा नं. ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठका प्रमुख आतिथ्यतामा कार्यक्रम भएको भएको हो ।

प्रतिक्रिया दिनुहोस्