| सोमवार, कार्तिक २३, २०८३

कुक, हाउसकिपिङ तथा पर्यटनसम्बन्धी तालिम सुरु

गोरखा सदरमुकाममा कुक, हाउस किपिङ तथा पर्यटनसँग सम्बन्धित तीन दिने तालिम सुरु भएको छ । धार्चे मनास्लु पर्यटन विकास समिति गोरखा र होटल एशोसियसन गोरखाको आयोजना तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा कुक सम्बन्धी तालिम सुरु भएको हो ।

कोभिडका कारण थला परेको व्यवसायीहरु उकास्न र पर्यटन क्षेत्रमा सहयोग पु¥याउन विभिन्न पालिकाका स्थानीयहरुलाई कुक सम्बन्धी तालिम दिन लागेको धार्चे मनास्लु पर्यटन प्रवद्धन समिति गोरखाका अध्यक्ष साने गुरुङले बताए ।

तालिममा स्थानीय स्तरमा उत्पादन भएका विभिन्न प्रकार खानाका आइटमहरु बनाउने तरिका, होटल व्यवसायमा लाग्नका लागि सिक्नुपर्ने ज्ञान, सरसफाईका कुराहरु र होमस्टे आउने पर्यटकहरुलाई खुवाइने विभिन्न प्रकारका खानेकुरा बनाउने तरिकाका बारेमा सिकाईने गुरुङले बताए । तीनजना प्रशिक्षकले तालिम दिइने सो तालिम शुक्रबारबाट आइतबारसम्म चल्ने गुरुङले बताए ।

उक्त कुक सम्बन्धी तालिममा गोरखाका विभिन्न पालिकाका २५ जना भन्दा बढीको सहभागिता रहेको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्