| सोमवार, कार्तिक २३, २०८३

गण्डकी गाउँपालिकाको भुम्लीचोकमा प्रहरी चौकी स्थापना

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ स्थित भुम्लिचोकमा प्रहरी चौकी स्थापना भएको छ । बुधबार एक कार्यक्रमा बीच गाउँपालिका अध्यक्ष होमबहादुर रानाले प्रहरी चौकीको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रानाले मुस्कान सहितको सेवा प्रवाह गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन प्रहरीलाई आग्रह गरे । प्रहरी चौकी स्थापनाको लागि आबश्यक सहयोग र समन्वय गर्नु हुने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा जग्गादाताहरु सबैलाई धन्यवाद दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले प्रहरीहरुलाई प्रभाव, दबाब र रवाफमा नपरी कानून सम्मत ढंगले जनताको सेवामा समर्पित हुन निर्देशन दिए । प्रहरी उपरीक्षक शेखर खनालले प्रहरी चौकी स्थापनाका लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरु र आबश्यक समन्वय गरेको भन्दै गाउँपालिका अध्यक्ष लगायत सम्पूर्णमा धन्यवाद दिए ।

गाउँपालिका अध्यक्ष रानाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी प्रमुख शेखर खनाल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी, ससस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक रमेश थापा मगर, गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्