विप्लव नेतृत्वको नेकपाद्वारा एमसिसीको बिरोधमा मसाल जुलुस
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले एमसिसीको बिरोधमा गोरखा सदरमुकाममा बुधवार साँझ मसाल जुलुस गरेको छ ।
सदरमुकामको शक्तिचोकबाट नेकपाका कार्यकर्ताहरु मसाल बोकेर ‘एमसिसी खारेज गर’ भन्दै हरमटारी तर्फ लागेका थिए ।
बिसौनीमोड नपुग्दै प्रहरीले उनीहरुको मसाल खोसेको थियो ।
सरकारले एमसिसी संसदमा टेबल गरेसँगै विप्लव नेतृत्वको नेकपाले राष्ट्रको हितमा नभएको भन्दै बिरोध जनाउँदै आएको छ ।




