
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट दुरुपयोग नहोओस्
केही बर्षयता विद्यालयको शैक्षिक तथा भौतिक अबस्था सुधारका लागि विभिन्न बजेट तथा कार्यक्रमहरु प्रवाह हुने गरेका छन् । गोरखा जिल्लाका पनि धेरै विद्यालयले बर्षेनी यस्ता सुविधा प्राप्त गर्ने गर्छन् ।
भौतिक संरचना हेर्ने हो भने जिल्लाका प्राय विद्यालय रिसोर्ट जस्ता देखिन्छन् । के माध्यमिक तह, के आधारभूत तह, भवन उत्तिकै अत्याधुनिक, रंगीचंगी देखिन्छन् । सरकारी तथा जाइका लगायतका सहयोगी संस्थाहरुको सहयोगमा विद्यालय भवन बनेका छन् । भवन बनाइदिने संस्थाकै सहयोगमा फर्निचर, विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याव, पुस्तकालयहरु पनि बनिरहेका छन् ।
सरकारले पनि बर्षेनी विद्यालयहरुमा फर्निचर, विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याव, पुस्तकालयका कार्यक्रमहरु लागु गरिरहेको छ । कैयौँ विद्यालयलाई दोहो¥याई, तेहे¥याई यस्ता कार्यक्रम दिइरहेको छ । तर दुखका साथ भन्नुपर्छ, कैयौँ विद्यालयले त्यसरी आएका बजेट तथा कार्यक्रम अघिल्लो बर्ष खरिद गरेका सामग्री देखाएर विल मात्र बनाई फस्र्यौट गर्ने गरेका छन् । खोज्ने हो भने धेरै विद्यालयहरुले यस्ता फर्जी कागज बनाएर कार्यक्रम सम्पन्न गर्ने गरेको फेला पर्छ ।
यसबारेमा सरकारी निकायलाई थाहा छ तर खोजीनीति भएका छ्रैनन् ।
नराम्रा पक्षलाई मात्र उल्लेख नगरौँ, सकारात्मक पाटाहरु पनि प्रसस्त छन् । अहिले विद्यार्थीहरुले प्रयोगात्मक कार्यक्रम गर्न आवश्यक सामग्री पाएका छन् । चाहे राष्टूपति शैक्षिक सुधार भनेर होओस् वा अरु विभिन्न शीर्षकमा हाओस्, प्रयोगशाला वा उपकरणहरु उपलब्ध छन् ।
अब खाँचो छ, सदुपयोग गर्ने आचरणको । भौतिक सामग्री थुपारेर मात्र शैक्षिक सुधार हुने कदापि होइन, शैक्षिक गतिविधि पनि जोडदार हुनुपर्छ । तर प्राय विद्यालयमा यस्ता समस्या देखिन्छन् । अब सरकारले भौतिक सामग्री मात्र सहयोग नगरी गुणस्तरीय शिक्षा विकासका लागि कार्यक्रम बनाउनु पर्छ ।




