
गण्डकी प्रदेशमा फागुन १ गते देखि गाडी भाडा बढ्ने, कति पुग्यो नयाँ भाडादर ?
गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो ।
भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो । लामो दूरीको बसमा २३ . ५१ प्रतिशत र नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४ . ५७ र जिपमा ५ . ५० प्रतिशत भाडा वृद्धि गरिएको थियो ।
तर, भाडा दर तोकिएको थिएन । माघ २७ गते राजपत्रमा सूचना प्रकाशन गरेर गण्डकी सरकारले सिटी बसमा पहलिो विन्दु ९३ किमिसम्म० २० रुपैयाँ र त्यसपछि प्रतिकिमि २ . ५० रुपैयाा कामय गरेको छ ।
२० किमिभन्दा लामो रुटमा चल्ने सिटी बसले पनि २ . ५० रुपैयाा प्रतिकमिका दरले भाडा लिन पाउनेछन् । प्रदेशभित्र चल्ने बस प्रतिकिमि ३ . १० रुपैयाँ कायम भएको छ । पक्की बाटोमा चल्ने जीपले प्रतिकिलोमिटरमा ५।५० रुपैयाँ भाडा हिसाव गरेर लिन पाउनेछन् ।
ट्रकहरुले प्रति किमि प्रति टन ११ . ७२ रुपैयाँ लिन पाउने गरी भाडा तोकिएको छ । ट्याक्सीमा १५ किमिसम्मको फ्लाडाउन ९सुरुआती भाडा०बापत ८०सहित प्रति २०० मिटरको १० रुपैयाँ तय भएको छ । १५ किमिभन्दा बढीको यात्रा गर्दा प्रतिकिमि ३७ . ५ रुपैयाँ भाडा दर तय भएको छ । यसअघि पोखरामा शुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँ मात्रै थियो । साभारःअनलाइनखबर





