| सोमवार, कार्तिक २३, २०८३

हिउँखेल्न लाप्राक गएका २ जना ८ दिनदेखि सम्पर्कबिहिन

हिउँ खेल्न हिँडेका गोरखा बारपाकका दुई किशोर ८ दिन देखि सम्पर्कविहीन भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले आठ दिन देखि सम्पर्क विहिन भएका हुन् ।

आठ दिन देखि हराइरहेका ति किशोरहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । ‘उनीहरुका परिवारका अनुसार माघ २० गते खाना खाएर लाप्राकमा हिउँ खेल्न गएको रहेछ । सोहि दिन स्थानीय युवाहरु लाप्राक नजिक माम्चे डाँडामा देखिएको थियो भन्ने खबर आयो तर त्यस पश्चात कहा गयो कसैलाई पनि थाहा छैन’ उनले भने ।

यो घटनाका बारेमा प्रहरीलाई २३ गते सूचना प्राप्त भएको थियो । हिउँ खेल्न लाप्राक गएको आधारमा सो क्षेत्रमा स्थानीय र प्रहरीले सयुक्त रुपमा खोजी कार्य भइरहेको उनले बताए । त्यस्तै, आफन्त र चिनेजानेका व्यक्तिहरुकोमा पुगे कि भनेर पनि खोजी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्