| सोमवार, कार्तिक २३, २०८३

शहिदलखनमा जुनियर व्युटीसियन तालिम सुरु

गोरखाको शहिदलखन गाउँपालिका बुङकोटमा जुनियर ब्युटीसियन तालिम सुरु भएको छ । गोरखा बहुप्राविधिक शिक्षालयको आयोजना विहिबार देखि तालिम सुरु भएको छ ।

तालिममा शहीदलखन गाउँपालिकाका वडा नं ६, ७ र ८ र ९ का २० जना महिला सहभागि रहेको वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले बताए ।

गोरखा बहुप्राविधिक शिक्षालय र स्थानीय तहको लागत तथा प्राविधिक साझेदारीमा तीन सय ९० घण्टाको निशुल्क जुनियर ब्युटीसियन तालिम दिइनेछ ।

वडाअध्यक्ष शरण श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका उपप्रमुख इन्द्रीरा तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा बहु प्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज बसौला, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले, वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अंगाई, शिक्षालयका उपप्रमुख कृष्णबहादुर श्रेष्ठ, ज्ञानेन्द्र देवकोटा, मिलन देवकोटा लगायतका तालिम उद्घाटनमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्