
प्रेस चौतारी गोरखाद्धारा स्थापना दिवसको अवसरमा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अबसरमा मानव सेवा आश्रम गोरखाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
प्रेस चौतारी नेपाल गोरखा शाखाका अध्यक्ष अश्विन दानीले शनिवार आश्रमका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
आश्रमका बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना दिवसको अबसरमा शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष दानीले बताए ।
कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य भिमलाल श्रेष्ठ, पत्रकार किरण लोहनी, चौतारीका जिल्ला कार्यसमिती सदस्य सुशिल भारती लगायतको उपस्थिती रहेको थियो ।




