
गोरखामा मंगलबार २७ जना डिस्चार्ज, १५ जना संक्रमित थपिए
गोरखामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार सात जना महिला र आठ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन परिक्षणको क्रममा पालुङटारमा तीन जना, गण्डकीमा दुई जना, आरुघाटमा पाँच जना, बारपाकसुलिकोटमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयका फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए ।
योसँगै जिल्लामा कोरोनाको संक्रिय संक्रमितको संख्या एक सय ६० पुगेको छ । ५० जनाको रिपोर्ट प्राप्त भएमध्य १५ जनामा संक्रmमण पुष्टि भएको हो । त्यस्तै, मंगलबार २६ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।




