| सोमवार, कार्तिक २३, २०८३

धार्चेमा १५ दिने सिलाईबुनाई तालिम सम्पन्न

धार्चे गाउँपालिका १५ दिने सिलाईबुनाई तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र आदर्श नेपालको प्राविधिक सहयोगमा सिलाई बुनाई तालिम सम्पन्न भएको हो ।

माघ २ गतेबाट सुरु भएको तालिम १७ गते सकिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । उक्त तालिममा धार्चेका ७ वटा वडाबाट ३० जना महिला सहभागी थिए ।

तालिममा विभिन्न मखमली झोला, पोते, चुरा औँठी, माला लगायतका सिलाईबुनाई सम्बन्धी तालिम दिएका गुरुङले बताए ।

गाउँपालिका भित्रका महिलाको सिलाईबुनाईबाट आर्थिक आर्यआर्जन गर्नका साथै धार्चे घुम्न आउने विदेशी पर्यटकहरुलाई कोसेलीको रुपमा स्थानीय सिलाई बुनाईका सामग्रीहरु उपहारका रुपमा दिन सहयोग तालिम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्