
बुटार पुल कहिले बन्ला ?
निर्माण व्यवसायीले देशको पूर्वाधार निर्माण गर्ने हो । तर यस्ता निर्माण व्यवसायी पनि छन्, जसले मुलुक ध्वंस गर्छन् ।
यो देश निर्माण नगर्ने निर्माण व्यसायीको पर्याय हो पप्पु कन्स्टूक्शन, जसले राज्यशक्तिको दुरुपयोग गरी देश नबनाउने कामलाई सुदृढ गरिरहेको छ ।
पप्पु कन्स्टूक्शनले विशेषगरी पुल निर्माणको जिम्मा लिन्छ र निर्माण नगर्ने गर्छ । गोरखा पप्पु पिडित जिल्ला हो । पृथ्वीराजमार्गको चुम्लिङटारबाट गोरखाको बुटार जोड्ने त्रिशुली नदीमाथिको पुल निर्माण गर्न सो कन्स्टूक्शनले २०७१ सालमा योजना सम्झौता गरेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको हातबाट पुलको सिलान्यास पनि गरेको थियो ।
सम्झौतामा उल्लेखित समयभन्दा पहिल्यै पुल निर्माण गर्ने भनेर सिलान्यास कार्यक्रममा मन्तव्य पनि ब्यक्त गरेका थिए । २०७३ सालभित्र निर्माण सम्पन्न गर्ने भनिएको सो पुल अहिलेसम्म केही पनि अघि बढेको छैन ।
त्रिशुलीपारिको पुल जिप तयार गर्न निक्कै हेभी इक्यूपमेण्ट लैजानु पर्ने, सोका लागि पहिले सरकारले बेलिब्रिज बनाइदिनु पर्ने भन्ने उसको माग थियो । अहिले सोही ठाउँमा सुपर त्रिशुली हाइडूोपावर कम्पनीले बेलिब्रिज बनाउन लागेको छ ।
के अब पप्पुले सो बेलिब्रिजबाट हेभी इक्युपमेण्ट तारेर पुल निर्माणको काम गर्ला त ? हेर्नुपर्ने बेला भएको छ ।
सो पुल बन्यो भने मकैसिङ, ताङ्चिोक, ताक्लुङ, मनकामना, बक्राङ, बुंकोट, नाम्जुङ र गोरखा नगरपालिका क्षेत्रबाट काठमाडौँ जानका लागि
सबैभन्दा छोटो बाटो बन्नेछ भन्ने अपेक्षा गरिएको थियो । तत्कालीन समयमा बाबुराम भट्टराई क्षेत्र नं. १ बाट निर्वाचित सांसद थिए । सोही मर्म र भावनाबाट भट्टराईकै पहलमा बजेट तथा कार्यक्रम परेको थियो ।
तर पप्पु कन्स्टूक्शनले त्यस क्षेत्रका बासिन्दाको सपना तुहाएर पुल अलपत्र बनाएको छ । सबैको जिज्ञासा छ, अब पुल कहिले बन्ला ?




