
वेवारिशे दुई बालिकाको उद्धार
गोरखा सदरमुकाममामा वेवारिशे अवस्थामा भेटिएका दुई बालिकाको शनिबार उद्धार गरिएको छ । गोरखा नगरपालिका–६ बाट प्रहरीले उनीहरुलाई उद्धार गरेको हो ।
७ वर्षीय सपना मुस्लिम र ९ वर्षीय रबना मुस्लिमलाई प्रहरीले उद्धार गरी संरक्षणका लागि मानव सेवा आश्रममा बुझाइएको प्रहरीले जनाएको छ ।
सडकपेटी र खोलाको किनारमा रात बिताउँदै आइरहेका उनीहरुलाई प्रहरीको सहायतामा उद्धार गरी आश्रममा ल्याइएको मुना लामाले जानकारी दिइन् । उनीहरुको घर भने आँबुखैरेनी धापटारमा रहेकोे लामाले जानकारी दिइन् ।




