
प्रेस सेन्टर गोरखाद्वारा यात्रु र मजदुरलाई मास्क वितरण
प्रेस सेन्टर नेपाल गोरखाद्वारा स्थपना दिवसको अवसरमा गोरखा सदरमुकामका यात्रु र मजदुरलाई मास्क वितरण गरिएको छ । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा मास्क वितरण गरिएको हो ।
जिल्ला कोरोना संक्रमण बढ्दै गएको र संक्रमण दर रोकथाम र नियन्त्रणका लागि मास्क वितरण गरिएको संगठनका सचिव धनबहादुर तामाङले बताए । सदरमुकाममा मुख्य स्थानहरुमा सवारी चालक मजदुर र यात्रुलाई मास्क वितरण गरिएको उनले जानकारी दिए ।
महामारीमा पनि बिनामास्क आउजाउ गर्ने यात्रुहरुलाई सचेत गराउदै मास्क वितरण गरिएको उनले बताए ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने, जिल्ला अध्यक्ष लगायत जिल्ला कार्यसमितिको उपस्थितिमा मास्क वितरण गरिएको हो ।




