| सोमवार, कार्तिक २३, २०८३

चुनडाँडा झोलुङ्गे पुलको भार बहन परीक्षणमा शतप्रतिशत नतिजा

बारपाकसुलिकोट गाउँपालिका ४ स्थित हुँडी खोलामा निर्माणमा चुनडाँडा झोलुङे पुलको भारबहन परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका गरी पुलको भारबहन क्षमताको नापजाँच गरिएको हो ।

५१ मिटर पुललाई २१ हजार छसय चारकेजी उठाउनु पर्नेमा सोही अनुसार नतिजा प्राप्त भएको हिमाली क्षेत्र विकास केन्द्रका सचिव विरबल घलेले जानकारी दिए । हेल्भेटासका प्राधिकहरुले पुलका भार बहन क्षमताको नापजाँच गरेका थिए ।

May be an image of ५ people and outdoors

प्राविधिका रुपमा झोलुङे पुलमा क्षमता अनुासरको मानिस र बस्तुभाउ आउजाउ गर्न झोलुङे पुल सक्षम छ कि छैन भने भार बहन क्षमताको नापजाँच गरिएको उनको भनाइ छ । नेपाल सरकारको झोलुङे्पुल क्षेत्रगत कार्यक्रम अन्तरगत बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक सहयोग र हिमाली क्षेत्र विकास केन्द्रको प्राविधिक एवं सामाजिक सहयोगमा झोलुङ्गे पुल निर्माण भएको हो ।

कार्यक्रममा हेल्पटासका प्राविधिक, हिमाली क्षेत्र विकास केन्द्रका कर्मचारी, वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्