| सोमवार, कार्तिक २३, २०८३

धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । भूकम्पकाे केन्द्रबिन्दु भारतकाे अासाम बनगाई गाँउ अासपास रहेकाे राष्ट्रिय भूकम्पमापन केन्द्रका सिस्माेलाेजिष्ट भरत काेइरालाले बताए । पूर्वका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लामाधक्का महसुस गरिएको थियो।भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

मनकामना केन्द्रविन्दू भएर ४.१ म्याग्निच्यूडको भूकम्प

गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङलगायतका जिल्लामा महशुस गरिएको थियो ।

भूकम्पका कारण कुनै क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्