| सोमवार, कार्तिक २३, २०८३

गोरखामा संक्रिय संक्रमित तीन सय ९८ पुग्यो, मंगलबार ३० संक्रमित थपिए

गोरखामा मंगलबार ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ११ महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना परिक्षणको क्रममा गोरखा अस्पतालमा ६ महिला र ९ पुरुष, पालुङटारमा एक महिला, गण्डकीमा ६ पुरुष, आरुघाटमा तीन महिला र एक पुरुष र चुमनुब्रीमा एक महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका फोकल पर्सन नारायणबाबु अर्यालले बताए । ५५ जनाको रिपोर्ट प्राप्त भएकोमा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु सबै एन्टिजेन परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएका अर्यालले जानकारी दिए । योसँगै गोरखामा कोरोनाको संक्रिय संक्रमितको संख्या तीन सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्