
झोलुंगेका ८० विद्यार्थीलाई स्वीटर वितरण
व्यवसायी कुमार लामिछानेले सिरानचोक गाउँपालिका ७ झोलुंगेको एक प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
काठमाडौँमा व्यवसाय गर्ने लामिछानेले सो विद्यालयमा पढ्ने ८० जना बालबालिकालाई स्वीटर वितरण गरेका हुन् ।
उनले उपलब्ध गराएको सो स्वीटर गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए ।




