
गण्डकी प्रदेश सहित : आज देशभरका यी स्थानमा वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान पहाडी भु-भागहरुमा आन्शिक देखि सामान्य बदली रहेको छ भने तराई भेगमा हुस्सु-कुहिरो लागेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रही सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
राति गण्डकी प्रदेश सँगै प्रदेश नं १, बाग्मती प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाले देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।




