| सोमवार, कार्तिक २३, २०८३

सोमबार गोरखामा ३४ जना संक्रमित थपिए

गोरखामा सोमबार ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखा अनुसार जिल्ला भित्रका १२ जना महिला र २२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार ६५ जनाको रिपोर्ट प्राप्त भएमध्य पिसिआर परिक्षणको क्रममा १२ जना पुरुष र ३ जनामा महिला गरी १५ जनाका कोरोना संक्रमण पुष्टि भएको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

त्यस्तै, एन्टिजेन परिक्षणको क्रममा १० जना पुरुष र ९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । योसँगै जिल्ला संक्रिया संक्रमितको संख्या ८४ पुगेको छ ।

कुन पालिकामा कति छन् संक्रिय संक्रमित ?

No description available.
प्रतिक्रिया दिनुहोस्