| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखामा उद्धार उडान सहज बनाउन कांग्रेस गोरखाको गृहमन्त्रीसँग माग

उत्तरी गोरखामा हेलिकप्पटर उद्वार सहज बनाईदिन माग गर्दै नेपाली कांग्रेस गोरखाले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आईतवार जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले गृहमन्त्री बालकृष्ण खाँणालाई ज्ञापन पत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारीको सिफारिसमा हेलिकप्टर झिकाउने ब्यवस्था मिलाईदिन माग गरेका हुन् ।

‘संम्बन्धित गाउँपालिका अध्यक्ष वा वडाअध्यक्षको लिखित या मौखिक अनुरोधमा प्रजिअले हेलिकप्टर उद्वारका लागि पठाउने ब्यवस्था हुनुपर्छ’ सभापति न्यौपानेले भने । अहिले उत्तरी गोरखाबाट घाईतेको उद्वारा, बिरामीको उपचारको प्रक्रिया निकै झन्झटिलो छ । कागजातको प्रक्रिया पुरा गर्दागर्दै उद्वार गर्न दुई दिन सम्म लाग्ने गरेको गुनासो स्थानीयले गर्दै आएका छन् ।

गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाको अधिकासं ठाउँमा अझै सडक सञ्जाल पुगेको छैन । पैदल यात्रा गर्दा सात दिन सम्म हिँड्नुपर्ने बाध्यता त्यहाँका स्थानीयलाई छ । औषधी उपचार, स्वास्थ्यकर्मी प्रर्याप्त छैनन् । ‘उपचार र उद्वारका लागि आफ्नै खर्चमा हेलिकप्टर झिकाउन पनि धेरै झन्भलटिलो प्रक्रिया भयो’ सभापति न्यौपानेले भने ‘ढिला हुँदा अकालमा ज्यान गुमाउनुपरेको छ ।’ आफ्नो उपचारका लागि हेलिकप्टर सहजताका साथ प्रयोग गर्न पाउनुपर्ने उनले बताए ।

गृहमन्त्रीको ध्यानकर्षण गराउन कांग्रेस जिल्ला सभापति न्यौपाने, केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, नेपाली कांग्रेस चुमनुब्री गाउँपार्टी सभापति सुर्य गुरुङ, वडा अध्यक्ष बिरबहादुर लामा, लाक्पा रितार, खिमे लामा, नबिन गुरुङ लगायतको टोली गृहमन्त्रीको ध्यानकर्षण गराउन पुगेका थिए ।

जवाफमा गृहमन्त्री खाँणले उद्वारका लागि हेलिकप्टर सहज बनाउन सहजिकरण गर्ने आश्वासन दिए । कात्तिक ७ गते कांग्रेस जिल्ला कार्य समितिको बैठकले उत्तरी गोरखाको उद्वार उडान सहज बनाउन सरकार सँग माग गर्ने र ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्